‘क्लिनिकल न्युट्रिसन’ तालिम सम्पन्न
ललितपुर : हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा तीन दिने ‘क्लिनिकल न्युट्रिसन’ तालिम सम्पन्न भएको छ। क्यान्सरमा पोषणको भूमिकाबारे जानकारी दिन तालिमको आयोजना गरिएको अस्पतालका अध्यक्ष डा.सुदीप श्रेष्ठले बताए।
क्यान्सर रोग उपचार मात्र गरेर पुग्दैन’,अध्यक्ष श्रेष्ठले भने , ‘निको हुन पोषणले महत्त्वपूर्ण भूमिका खेल्छ।’
क्यान्सर बिरामीमा उपचारसँगै पोषण्का बारेमा जानकारी हुन जरुरी हुने डाइटिसियन कविता महर्जनले बताइन्। ‘क्यान्सरका बिरामीलाई खानमा रुचि नहुने हुँदा उनीहरू खान मान्दैनन् तर’, उनीहरूलाई त्यही बेलामा पौष्टिक खानकेुरा चाहिएकाे हुन्छ’,उनले भनिन्, ‘त्यसैले उनीहरुलाइै कसरी खान रुच्छ त्यहीअनुसार पौष्टिक खानेकुरा मात्रा मिलाएर दिन सके छिटो निकाे हुने सम्भावना बढ्छ।’
तीन दिने उक्त तालिममा अस्पतालका डाक्टर, नर्स, फार्मेसिस्टलगायत ६० जना भन्दा बढी स्वास्थ्यकर्मीहरुक सहभागिता थियो। तालिममा भारतबाट आएका विशेषज्ञहरूले अभनुभव साटासाट गरेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?