Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बिमा कार्यक्रम : लक्षित वर्गसम्म पुर्‍याउनै कठिन

बिमा कार्यक्रम : लक्षित वर्गसम्म पुर्‍याउनै कठिन

काठमाडौं : सराेकारवालाहरूले स्वास्थ्य बिमा कार्यक्रमलाई सामाजिक न्याय र समानताको आधारमा थप व्यवस्थित गर्नुपर्ने बताएका छन्।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बिहीबार आयोजना गरेको सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी कार्यक्रमका वक्ताले लक्षित वर्गसम्म बिमा कार्यक्रम पुग्नुपर्ने र सामाजिक न्यायलाई समेत सम्बोधन गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनैपर्ने कानूनी प्रावधान रहेको र सरकारले प्रवाह गर्ने स्वास्थ्य सुविधामा सहभागी हुनुपर्ने बताए।

वृद्धाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थामा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने र गरीबको बीमा रकम सरकारले तिरिदिने प्रावधान रहेको उनले जानकारी दिए।

यस्तै प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले राजनीतिक परिवर्तनसँगै तीन तहको सरकार बनेको र स्वास्थ्य स्थानीय तहको प्रमुख जिम्मेवारीका रूपमा आएकाले स्थानीय तहले नमूना स्वास्थ्य कार्यक्रम गरेर देखाउनुपर्ने धारणा राखे।

जनस्वास्थ्य अभियन्ता प्रा डा. शरदराज वन्तले स्वास्थ्य बीमालाई समानतामा आधारित र सबैको सहज पहुँचका आधारमा विकास गर्नुपर्ने बताए। उपभोक्ता मञ्चका अध्यक्ष ज्योति बानियाँले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनेछ भनेर संविधानमा व्यवस्था गरिएकाले सोहीअनुसार लागू गर्न सरकारको ध्यानाकर्षण गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि