जडीबुटीको चोरी निकासी बढ्याे
जाजरकाेट : बारेकोट गाउँपालिका–४ स्थित खेताली, दियाबाल्न कोटे वनमा जडीबुटीको चोरी निकासी बढेको छ। निकासी बन्द गरेपछि जडीबुटी चोरी निकासी बढेको हो।
जुम्ला सिमानामा रहेको सो वनबाट दैनिक जडीबुटी चोरी निकासी भइरहेको बारेकोट गाउँपालिका–५ का खड्कविक्रम शाहीले बताए। जुम्लाका व्यापारीको मिलेमतोमा चोरी निकासी बढेको उनको भनाइ छ। जटामसी, सतुवालगायतका जडीबुटी चोरी निकासी भइरहेको छ। चोरी निकासी हुँदा राजस्व कमी आउने देखिएको छ।
आइतबार स्थानीयवासी, जिल्ला प्रहरी र जिल्ला वन कार्यालयबाट गएको टोलीले जडीबुटी बरामद गरेको छ। जुम्लाबाट आएको तस्कारको समूह वनमै पाल टाँगेर जडीबुटी तस्करी गरिरहेको पाइएको छ।
अनुगमन टोली त्यहाँ पुगेपछि तस्करको समूह भागेको थियो। तस्करको समूहले वनमा लुकेर जडीबुटी चोरी निकासी गर्दै आएको छ। बारेकोट गाउँपालिका–४ बाट सो वनमा पुग्न दुई दिन पैदल हिँड्नु पर्ने भएकाले निरन्तर अनुगमन गर्न समस्या भएकाे वडा नं. ४ का वडाध्यक्ष सिर्जना बस्नेतले बताइन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य