यू– १६ महिला च्याम्पियनसिप छनाेट खेलमा मेडिसिटीले स्वास्थ्य सेवा दिँदै
ललितपुर : नेपाल मेडिसिटी अस्पतालले एएफसी यू– १६ महिला च्याम्पियनसिप क्वालिफायरको क्रममा उपचार सेवा प्रदान गर्ने भएको छ।
मंगलबार गरिएको सम्झौतामा नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका हुन्।
२०१९मा हुने एएफसी अण्डर १६ महिला फुटबलको छनोटका लागि समूह ई अन्तर्गत हलचोक मैदानमा जारी खेलमा नेपाल लगाायत म्यानमार, फिलिपिन्स र मलेसियाको सहभागिता छ। खेलाडीहरूको उपचारका लागि नेपाल अत्याधुनिक एसीएल डब्लु एम्बुलेन्स, मोबाइल क्लिनिक, प्यारामेडिक्ससहितको मेडिकल टिम मैदानमा तयारी अवस्थामा रहेको मेडिसिटीले जनाएकाे छ।
असोज ३ देखि ७ गतेसम्म जारी रहने खेलका क्रममा मैदानमा घाइतेहरूको आकस्मिक उपचार गरिने र आवश्यक परे अस्पतालमै लगेर सेवा दिने व्यवस्था मिलाइएको महाप्रबन्धक रिमालले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?