Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यचाैकीका लागि जग्गादान

स्वास्थ्यचाैकीका लागि जग्गादान

नुवाकोट : तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीय बासिन्दाले लाखौँ मूल्य पर्ने जग्गा दान गरेका छन्। स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका दलबहादुर लामा र ललितमान लामाले दुई\दुई रोपनी जग्गा दान गर्न लागेका हुन्।

जग्गादाताले मंगलबार मालपोत कार्यालयमा आएर स्वास्थ्यचौकीको नाममा चार रोपनी जग्गा दर्ता गरिदिएको स्वास्थ्य चौकीका प्रमुख प्रेम रोकायले बताए।

हाल स्वास्थ्यचौकी भएको स्थानमा नयाँ भवन निर्माणको लागि जग्गा अभाव भएपछि स्वास्थ्यचौकी नजिकैका जग्गाधनीले जग्गा दान गरेपछि भवन निर्माणको लागि सहज हुने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चूडामणिप्रसाद गजुरेलले जानकारी दिए।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्यचौकी भवन निर्माणका लागि  दुई करोड रूपैयाँ  विनियोजन भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन