Health TV Online
Health TV Online
Health TV Online

यी हुन् राष्ट्रपतिद्वारा विभूषित हुने स्वास्थ्यकर्मी

यी हुन् राष्ट्रपतिद्वारा विभूषित हुने स्वास्थ्यकर्मी

काठमाडौं : संविधान दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका ३० भन्दा बढी व्यक्ति विभिन्न मानपदवी, अलंकार तथा पदकबाट विभूषित हुने भएका छन् ।

गृहमन्त्रालयले बुधबार सूचना प्रकाशन गरी संविधान दिवसका अवसरमा राष्ट्रपतिले विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेकालाई मानपदवी, अलंकार, पदकद्वारा विभूषित गर्ने जनाएको हो।

विभूषित हुनेहरूमा चिकित्सक र नर्स छन्। यसैगरी एक अाैषधि व्यवसायी पनि विभूषित भएका छन्।

सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)

प्रा.डा. गणेशबहादुर गुरुङ– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
प्रा.डा. राजेन्द्रप्रसाद कोजु– अस्पताल प्रमुख धुलिखेल अस्पताल
डा. आशा सिंह– नेपाल प्रहरी अस्पताल
दुर्गा लक्ष्मी श्रेष्ठ– अस्पताल प्रमुख भेरी अञ्चल अस्पताल
डा. गणेशकुमार राई– निर्देशक कान्ति बाल अस्पताल
डा. हरिहर वस्ती– फरेन्सिक विशेषज्ञ त्रिवि शिक्षण अस्पताल
डा. धर्मकान्त बास्कोटा– अध्यक्ष नेपाल मेडिकल काउन्सिल
डा. प्रताप नारायण प्रसाद – क्याम्पस प्रमुख महाराजगञ्ज मेडिकल कलेज
डा. ओममुर्ति अनिल– मुटुरोग विशेषज्ञ
डा. रामप्रसाद पोखरेल–आँखा विशेषज्ञ
प्रा.डा. पशुपति चौधरी–  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
डा. गीता गुरुङ– त्रिवि शिक्षण अस्पताल

प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)

डा. रोशन न्यौपाने– मेसु जिल्ला अस्पताल म्याग्दी
डा. सगुन जोशी–आँखा विशेषज्ञ त्रिवि शिक्षण अस्पताल
डा. फणिन्द्रप्रसाद बराल– जिल्ला अस्पताल धनकुटा
डा. दिलीप शर्मा– रजिष्टार नेपाल मेडिकल काउन्सिल
प्रा.डा. भूपेन्द्रकुमार बस्नेत– निर्देशक वीर अस्पताल
डा. निलिजा शाक्य– मन्थली प्राथमिक स्वास्थ्य केन्द्र रामेछाप
डा. पवनकुमार कर्ण– चिकित्सक विराटनगर
डा. दीपक श्रेष्ठ– चिकित्सक काठमाडौँ
डा. रामथापा क्षेत्री– चिकित्सक
डा. दृष्टिराज्य लक्ष्मी शाह– वीरेन्द्र अस्पताल, छाउनी
डा. प्रविन नेपाल– नेपाल एपीएफ अस्पताल
रवीन्द्रप्रसाद लामिछाने, त्रिवि शिक्षण अस्पताल
मल्लिका रायमाझी, वीरेन्द्र अस्पताल

जनसेवा श्री(पञ्चम श्रेणी)

राधा पौडेल अस्पताल– नर्सिङ निरीक्षक जिल्ला अस्पताल, दाङ

परम पौरख भास्कर

डा.गोपाल महर्जन– वीरेन्द्र सैनिक अस्पताल

अति पौरख भास्कर

डा.मुन थापा– वीरेन्द्र सैनिक अस्पताल

प्राकृतिक प्रकोप पीडितोद्धार पदक

डा. सुमना थापा– फिल्ड अस्पताल इटहरी

नेपाल प्रताप आभुषण 
नमिता पुजारी–नेपाल एपीएफ अस्पताल

यसैगरी अाैषधि व्यवसायी (देउराली जनता फर्मास्युटिकल्स) का हरिभक्त शर्मा सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) द्वारा विभूषित हुने भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा