कलाकार श्रेष्ठकाे स्वास्थ्यमा सुधार
काठमाडौं : पार्किन्सन्स रोगको शल्यक्रियापछि वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। अन्नपूर्ण न्यूरो अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार शल्यक्रिया गरिएको उल्लेख छ।
डा. रेशा श्रेष्ठ र डा. वसन्त पन्तले शल्यक्रिया गरेका थिए। कलाकार श्रेष्ठमा नौ वर्षअघि सो रोगको लक्षण देखा परेकाे थियाे। चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टिको भागमा शल्यक्रिया गरिएको हो। याे राेगमा दिमागको दाहिने भागमा समस्या देखिए देब्रेपट्टि शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
उक्त शल्यक्रिया अन्नपूर्ण अस्पतालमा पहिलोपटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गरिएकाे छ । कलाकार श्रेष्ठको देब्रेपट्टि पनि समस्या देखिन थालेकोले नयाँ ठाउँमा तार राखी पुरानै ‘पेसमेकर’मा जडान गरिएको अस्पतालले जनाएकाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?