Health TV Online

कलाकार श्रेष्ठकाे स्वास्थ्यमा सुधार

कलाकार श्रेष्ठकाे स्वास्थ्यमा सुधार

काठमाडौं : पार्किन्सन्स रोगको शल्यक्रियापछि वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। अन्नपूर्ण न्यूरो अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार शल्यक्रिया गरिएको उल्लेख छ।

डा. रेशा श्रेष्ठ र डा. वसन्त पन्तले शल्यक्रिया गरेका थिए। कलाकार श्रेष्ठमा नौ वर्षअघि सो रोगको लक्षण देखा परेकाे थियाे। चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टिको भागमा शल्यक्रिया गरिएको हो। याे राेगमा दिमागको दाहिने भागमा समस्या देखिए देब्रेपट्टि  शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

उक्त शल्यक्रिया अन्नपूर्ण अस्पतालमा पहिलोपटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गरिएकाे  छ । कलाकार श्रेष्ठको देब्रेपट्टि पनि समस्या देखिन थालेकोले नयाँ ठाउँमा तार राखी पुरानै ‘पेसमेकर’मा जडान गरिएको अस्पतालले जनाएकाे  छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा