मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता
काठमाडौं : ललितपुरको भैँसेपाटीमा रहेको नेपाल मेडिसिटी र ललितपुरस्थित गणेशमान मेमोरियल अस्पतालबीच जटिल रोगको उपचारमा सहकार्य गर्ने सम्झौता भएको छ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले आइतबार औपचारिक रूपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आएको छ।
स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुन आवश्यक रहेकाले याे सम्झौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताए। दुर्इ अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पार्ने उनकाे भनाइ छ।
गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत गुरुङले प्रविधि, पूर्वाधार र चिकित्सकीय दृष्टिकोणमा अग्रणी भूमिका खेलिरहेको नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गर्ने बाटो फराकिलो बनेको भन्दै खुशी व्यक्त गरे।
सम्भव भएका उपचार गणेशमान मेमोरियल अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य हुने बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?