स्वास्थ्यचौकीमा गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा
काठमाडौं : नागार्जुन–८ स्थित भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ।
गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत यस्ताे व्यवस्था गरिएको हो। कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
चार पटक गर्भजाँच गराउनेलाई शुरुको गर्भजाँचको समयमा एक क्रेट अण्डा, नौ महिनाको समयमा थप एक क्रेट अण्डा, दन्तमञ्जन एक सेट, आयोडिनयुक्त नून एक प्याकेट, नुहाउने साबुन एक, लुगाधुने साबुन एक र चना एक केजी प्रदान गरिने भीमढुङ्गा स्वास्थ्यचौकी प्रमुख स्वास्थ्य सहयोगी प्रकाश खतिवडाले बताए।
गर्भवतीको पोषणको अवस्थामा सुधार ल्याउन र गर्भवती अवस्थामा आउन सक्ने समस्याको बेलैमा पहिचान तथा उपयुक्त व्यवस्थापन गर्न कार्यक्रम शुरु गरिएको स्वास्थ्य सहयोगी खतिवडाले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण