स्वाइनफ्लु नियन्त्रणका लागि चिकित्सक पठाउन माग
काठमाडौं : सांसदहरूले सप्तरीमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सक परिचालन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा सांसद तेजुलाल चौधरी र नमिताकुमारी चौधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सकको टोली परिचालन गर्न माग गरेका हुन्।
सांसद तेजुलाललेले स्वाइनफ्लुका कारण चार जनाको ज्यान गइसक्दा पनि सरकारले चासो नदिएको गुनासो गरे। सांसद नमिताकुमारीले रोग नियन्त्रणका लागि तत्काल आवश्यक चिकित्सकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरिन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?