स्वास्थ्यसम्बन्धी दुर्इ विधेयक पारित
काठमाडौं :सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक र ‘जनस्वास्थ्य विधेयक’ पारित भएका छन्। प्रतिनिधिसभाकाे शुक्रबारको बैठकमा यी दुर्इ विधेयक पारित भएका हुन्।
प्रतिनिधिसभामा दर्ता भएका ११ विधेयकमध्ये शुक्रबार सातवटा पारित भएकामा दुईवटा स्वास्थ्यसम्बन्धी हुन्।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक– २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावमाथिकाे छलफलमा सांसद प्रेम सुवाल र दुर्गा पौडेलले भाग लिए। उनीहरूले गर्भपतनको अधिकार आमालाई हुनुपर्ने, एक वर्ष सुत्केरी बिदा नलिनेले के गर्ने भन्ने व्यवस्था प्रष्ट हुनुपर्नेलगायत धारणा राखे।
यस्तै स्वास्थ्यमन्त्री यादवले नै पेश गरेकाे ‘जनस्वास्थ्य विधेयक, २०७५’ पारित गरियोस् भन्ने प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै सांसद सुवालले विधेयकका बारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको गुनासो गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण