सामुदायिक अस्पताल स्थानीय सरकारलार्इ हस्तान्तरण
तनहुँ : शुक्लागण्डकी नगरपालिका–११ साँखेमा सञ्चालित फूलबारी सामुदायिक अस्पताल स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ।
स्थानीय जनताको अनुदानबाट सञ्चालित अस्पताललाई शुक्लागण्डकी नगरपालिकाको स्वामित्वमा रहनेगरी हस्तान्तरण गरिएको हो। अस्पतालका अध्यक्ष शालिकराम भट्टराईले शनिबार अस्पतालको स्वामित्व शुक्लागण्डकी नगरपालिकालाई हस्तान्तरण गरेका हुन्।
उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा बिरुवा गाउँपालिकाका सर्वसाधारणलाई समेत सेवा दिँदै आएको छ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद आशा कोइरालाले जनताको लगानीमा जुटाइएको सम्पत्ति सरकारलाई बुझाउनु उदाहरणीय कार्य भएको बताइन्। शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले अस्पताललाई १५ शय्याको बनाउन प्रदेश सरकारसँग समन्वय गरिने बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण