सर्वाेच्चले चिकित्सक संघलार्इ भन्याे, बन्द हडताल नगर्नु
काठमाडौं : सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हडतालजस्ता कार्य नगर्न नेपाल चिकित्सक संघको नाममा आदेश जारी गरेको छ।
बिहीबार जारी गरिएको आदेशमा भनिएको छ, ‘भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको संघको निर्णय अर्को आदेश नभएसम्म तत्काल कार्यान्वयन नगर्नु\नगराउनु।’
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल गर्न नहुने भन्दै दायर गरेकाे रिट निवेदनमा अदालतले यस्ताे अादेश दिएकाे हाे।
यसअघि संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड