जथाभावी अाैषधि बेच्ने तीन भारतीय पक्राउ
गाेरखा : औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि आयुर्वेदिक औषधि भन्दै जथाभावी रूपमा सर्वसाधारणलाई बिक्री गर्दै हिँड्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
सदरमुकामको हरमटारी चोक र शक्तिचोकबाट अवैध रूपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई झुक्याएर बिक्री गरिरहेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय गोरखाले बुधबार पक्राउ गरेको हो।
भारतको उत्तरप्रदेशस्थित रफियावाद कलसाहजारापुरका ३२ वर्षीय ररबर मोहमद, २६ वर्षीय रफी मोहमद र २३ वर्षीय जान मोहमद रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
उनीहरूले कम्मर दुखेको, खुट्टा दुखेको, पिनास, टाउको दुखेको औषधि भन्दै अवैध औषधि सर्वसाधारणलाई बिक्री गर्दै हिँडेका थिए। पक्राउ परेका तीनैजनाको साथबाट धतुरेको तेल, खुजुलीको औषधि, भियग्रा, पाइल्सका औषधिलगायतका औषधि भनिएका तेल र ट्याब्लेटलगायत बरामद गरिएको नेपालले बताए।
बरामद गरिएका २४ थान झोल पदार्थ, १० थान ट्याब्लेट, १० वटा बट्टामा रहेका विभिन्न औषधिमा कुनैमा पनि ब्याच, नम्बर उल्लेख नभएको, लेभल नभएको तथा उत्पादन र प्रयोग गर्ने अवधिसमेत उल्लेख नभएको पाइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्रीले विभिन्न प्रकारका केमिकल मिसिएको हुन सक्ने प्रहरी उपरीक्षक नेपालले जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’