तीन चिकित्सक अनुपस्थित हुँदा अस्पतालकाे सेवा प्रभावित
उदयपुर : कटारी अस्पतालका तीन चिकित्सक एकैपटक बाहिर गएपछि बिरामीको उपचारमा समस्या भएको छ। अस्पतालमा जनशक्ति अभाव भएपछि बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गराउन बाध्य भएको कटारी रिस्कु–३ की कुमारी दनुवारले बताइन्।
‘तीन डाक्टर अन्यत्र गए, दुईजना यसअघि नै सरुवा लिएर अन्यत्र गए’, अस्पतालका प्रमुख डा. गौरव साहले भने ‘एक जना करारका डाक्टरले सरकारीमा नाम निकालेर अन्यत्र गएपछि अहिले अस्पताल सञ्चालन गर्न मुस्किल परेको छ।’
डाक्टर हिँडेपछि बिरामीको चाप थेगिनसक्नु भएको र सम्बन्धित मन्त्रालय तथा विभागमा समेत जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको डा. साहले जानकारी दिए। कटारी अस्पतालमा उदयपुरको पश्चिमी क्षेत्र, दक्षिणी ओखलढुङ्गा क्षेत्र र पूर्वी सिन्धुली क्षेत्रदेखि बिरामी ठूलो सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य