एड्सले एक वर्षमा १६ जनाको मृत्यु
कपिलवस्तु — जिल्लामा एड्सका कारण एक वर्षमा १६ जनाको मृत्यु भएको छ। समयमा उपचार नपाउँदा उनीहरूको मृत्यु भएको हो। गत आव ०७४\७५ मा नौ पुरुष, चार महिला, दुई बालक र एक तेस्रोलिंगीको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
औषधि सेवनका लागि एआरटी सेन्टरमा सम्पर्क नराख्नेले ज्यान गुमाएको जनस्वास्थ्य कार्यालयका ‘एचआईभी फोकल पर्सन’ मोहम्मद इरफान खाँले बताए। जिल्लामा ३७२ संक्रमित औषधि सेवन गरिरहेका छन्।
‘९० प्रतिशतभन्दा बढीमा असुरक्षित यौन सम्पर्कका कारण एचआईभी संक्रमण भएको पाइएको छ,’ स्वास्थ्य कार्यालयका फोकल पर्सन खाँले भने, ‘त्यसबारेमा मात्र सचेतना जगाउन सके जिल्लामा एचआईभी संक्रमणको जोखिम कम हुँदै जानेछ।’ संक्रमितको स्वास्थ्य परीक्षणका लागि सहज सुविधा दिए पनि एआरटी सेन्टरसम्म नआउने जनस्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?