विद्यालयमै पाइन्छ ‘स्यानिटरी प्याड’
कञ्चनपुर : रजस्वला हुँदा पनि नियमित रूपमा विद्यालय जान प्रोत्साहनका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै किशोरीहरूलाई ‘सेनेटरी प्याड’ उपलब्ध गराउने व्यवस्था गरेको छ।
चेतनाको अभावमा किशोरीहरूले पुराना फोहर कपडा प्रयोग गर्दा सङ्क्रमण हुनसक्ने भएकाले नगरपालिकाभित्र रहेका ३४ सामुदायिक र २७ वटा निजी विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेकाे नगर प्रमुख कर्णबहादुर हमालले बताए। ‘यसका लागि नगरपालिकाले एक लाख रूपैयाँ छुट्याएको र विद्यालयमा रजस्वलाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरिएको छ’, उनले भने।
यसैगरी नगरपालिकाले गर्भवती महिला र ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीबाट प्रयोगशालाका सम्पूर्ण सेवा निःशुल्क दिने व्यवस्था गरेको छ। वडा नं. ८ रैकवार स्वास्थ्यचौकी र वडा नं. ५ कृष्णपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा निःशुल्क गरिएको हो।
प्रयोगशाला सेवा निःशुल्क गरिएपछि दुवै स्वास्थ्य चौकीलाई दुई लाख रूपैयाँ अनुदान उपलब्ध गराइएको नगरप्रमुख हमालले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण