मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सिटीस्क्यान सेवा शुरु
सुर्खेत : मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा सिटीस्क्यान सेवा शुरु भएको छ। लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहेका थिए ।
संघीय सरकारको सहयोगमा सिटीस्क्यानका लागि अस्पताललाई तीन करोड ५० लाखको उपकरण प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर खड्काले जानकारी दिए। बिरामीले निजी अस्पतालभन्दा ५० प्रतिशत सहुलियतमा याे सेवा पाउने उनले बताए। ‘अब महँगो शुल्क तिरेर जटिल खालका रोगको उपचारका लागि बाहिर धाउनुपर्ने छैन’, उनले भने।
डा.खड्काका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा सिटीस्क्यान सेवाका लागि पहल गरिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?