दर खाँदा नौ जना बिरामी

सुर्खेत : तिजको दर खाँदा सुर्खेतमा नौ जना बिरामी परेका छन्।
वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा आइतबार बेलुका दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए।
बिरामी सबैको उपचार मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा भइरहेकाे चाैधरीले बताए। टाउको दुख्ने, वान्ता हुने, रिङ्गटा चल्ने समस्या भएको र त्यो अवस्थामा सुधार नआएको एक बिरामीका आफन्तले जानकारी दिए।
क्षेत्रीय अस्पतालका डा नमोबुद्ध शाक्यले ‘फुड प्वाइजन’का कारण यो समस्या आएको जानकारी दिनुभयो। बिरामी सबैको उपचार भइरहेको छ।
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै