दर खाँदा ५० जना बिरामी
काभ्रे : पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार दर खाने क्रममा ५० भन्दा बढी बिरामी भएका छन्। स्थानीय ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्थाले तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो।
विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ल्याइएकाे छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट ५० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री