पौडेल ओम अस्पतालको अध्यक्ष चयन
काठमाडौं : चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन भएका छन्। डा.भोला रिजालले नेतृत्व छाडेपछि पौडेल अध्यक्ष चयन भएका हुन्।
स्थापनाकालदेखि नै अस्पतालको सञ्चालक समितिमा रहेका पौडेल चलचित्र निर्माता, व्यवसायी र राजनीतिकर्मी हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन्।
अध्यक्ष बनेपछि पौडेलले ‘ओम’लाई मुलुककै उत्कृष्ट अस्पताल बनाउन प्रयत्न गर्ने प्रतिक्रिया दिए।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य