Health TV Online
Health TV Online

अाेम अस्पताल छाडे रिजालले, अब एनएमसीमा बिरामी जाँच्ने

अाेम अस्पताल छाडे रिजालले, अब एनएमसीमा बिरामी जाँच्ने

काठमाडौं : वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पतालको व्यवस्थापनको नेतृत्वमा चलचित्र निर्माता उद्धव पौडेल प्रवेश गरेसँगै रिजाल बाहिरिएका हुन्।

ओमबाट बाहिरिएसँगै डा.रिजाल नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलमा जाने भएका छन्। रिजालले आगामी सोमबारदेखि हप्ताको ६ दिन त्यहाँ नियमित स्वास्थ्य सेवा दिने भएका छन्।

२०४७ सालमा डा.रिजालकै नेतृत्वमा सुरु गरिएको ओम अस्पताल तथा अनुसन्धान केन्द्रले स्त्री तथा प्रसूति रोगको उपचारमा ख्याति कमाएको छ। यो अस्पताल नेपालमा टेष्ट ट्युब बच्चा सफल रूपमा जन्माउने पहिलो अस्पताल हो। याे पनि डा.रिजालकै पहलमा सुरू भएकाे थियाे।

ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सञ्चालक समितिको भदौ २० मा बसेको बैठकले अस्पतालका सञ्चालक उद्धव पौडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो। अस्पतालको स्थापनाकालदेखि सञ्चालक समितिमा रहेका पौडेल गाेपीकृष्ण  चलचित्र हलका मालिक पनि हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार