अाेम अस्पताल छाडे रिजालले, अब एनएमसीमा बिरामी जाँच्ने
काठमाडौं : वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पतालको व्यवस्थापनको नेतृत्वमा चलचित्र निर्माता उद्धव पौडेल प्रवेश गरेसँगै रिजाल बाहिरिएका हुन्।
ओमबाट बाहिरिएसँगै डा.रिजाल नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलमा जाने भएका छन्। रिजालले आगामी सोमबारदेखि हप्ताको ६ दिन त्यहाँ नियमित स्वास्थ्य सेवा दिने भएका छन्।
२०४७ सालमा डा.रिजालकै नेतृत्वमा सुरु गरिएको ओम अस्पताल तथा अनुसन्धान केन्द्रले स्त्री तथा प्रसूति रोगको उपचारमा ख्याति कमाएको छ। यो अस्पताल नेपालमा टेष्ट ट्युब बच्चा सफल रूपमा जन्माउने पहिलो अस्पताल हो। याे पनि डा.रिजालकै पहलमा सुरू भएकाे थियाे।
ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सञ्चालक समितिको भदौ २० मा बसेको बैठकले अस्पतालका सञ्चालक उद्धव पौडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो। अस्पतालको स्थापनाकालदेखि सञ्चालक समितिमा रहेका पौडेल गाेपीकृष्ण चलचित्र हलका मालिक पनि हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण