Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा बच्चा साटिएपछि…

अस्पतालमा बच्चा साटिएपछि…

कैलाली : डडेल्धुराको आलितालकी भावना बोहराकाे १७ दिनको बिरामी नवजात छोरालाई भदौ १७ गते सेती अञ्चल अस्पताल पुगिन्। निमोनियाभएका १७ दिने शिशुलाई चिकित्सकहरूले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराए।

सोही दिन अस्पतालको प्रसूति वार्डमा कैलालीको गोदावरी गाउँपालिकाकी काली खातीले पनि छोरी जन्माइन्। उनको नवजात छोरीको स्वास्थ्यमा पनि समस्या देखिएकाले चिकित्सकले एनआईसीयुमा पठाए। १८ गते काली खातीको शिशुलाई सञ्चो भयो र उनलाई चिकित्सकले डिस्चार्ज गरे।

एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मीले खातीलाई छोरीको साटाे बोहराको छोरा ल्याएर दिए। उनी शिशु लिएर धनगढीबाट झण्डै २५ किलोमिटर टाढा गोदावरी नगरपालिकास्थित  घर जमुनाभाडी पुगिन्। घरमा पुगेर शिशुको शरीर पखाल्न लुगा खोलेपछि मात्रै उनले शिशु साटिएको चाल पाएकी थिइन्।

सबैतिर हल्लाखल्ला भयो। यता अस्पतालमा पनि हल्लाखल्ला भइसकेको थियो। केही बेरमै खातीलाई अस्पतालबाट फोन आयो। उनलाई अस्पताल बोलाइयो र साटिएको बच्चा अभिभावकको जिम्मा लगाइयो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन