जिल्ला अस्पतालमा पहिलोपटक आन्द्राको शल्यक्रिया
बाजुरा : जिल्ला अस्पतालमा पहिलोपटक आन्द्राको शल्यक्रिया गरिएको छ। गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएको हो।
डा. दुर्गाराज महर्जन नेतृत्वको टोलीमा डा टीकाराम राई, राजेश बर्मा, चूडामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरेको अस्पतालका प्रमुख डा.रूपचन्द्र विश्वकर्माले जानकारी दिए।
अहिलेसम्म गरिएका शल्यक्रियामध्ये सबैभन्दा बढी अप्ठ्यारो यही भएको सहभागी डा.राजेश बर्माले बताए। यस्तो शल्यक्रिया गर्दा पाँच लाखसम्म लाग्ने भए पनि पाँच हजारमै सम्पन्न भएको महर्जनले जानकारी दिए।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?