Health TV Online
Health TV Online

चिकित्सक संघका अध्यक्षले दिए सरकारी सेवाबाट राजीनामा

चिकित्सक संघका अध्यक्षले दिए सरकारी सेवाबाट राजीनामा

काठमाडौं : नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन्।

यही भदौ १ गते दिएको उनकाे राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको हो। ‘सरकारी सेवामा बसेर काम गर्ने अवस्था नरहेकाले राजीनामा दिएको हुँ’, हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै उनले भने, ‘बाहिरै बसेर जनस्वास्थ्य क्षेत्रमा काम गर्ने विचार गरेको छु।’

काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत उनले हाल स्वास्थ्य मन्त्रालयमा हाजिर गरिरहेका थिए। डा.श्रेष्ठ नेपाल सरकारको १० औं तह (उपसचिव) पदमा कार्यरत  थिए।

पछिल्लो समय चिकित्सकीय पेशामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै उनकाे आलोचना हुँदै आएको थियो। आलोचना बढ्दै गएपछि डा.श्रेष्ठले राजीनामा दिएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार