Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एक वर्षमा पाैने दुर्इ लाखले गराए अाँखा उपचार

एक वर्षमा पाैने दुर्इ लाखले गराए अाँखा उपचार

चितवन : भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको छ। अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गरेको हो।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ जना बिरामीको आँखाको उपचार गरिएको हो। विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ।

अस्पतालले चितवनसहित नवलपरासी, मकवानपुर, पर्सा, बारा, धादिङ, गोरखा र तनहुँमा आँखा शिविर गरिएको घिमिरेले बताए। ती जिल्लामा अस्पतालले वर्षभरमा ७६ वटा एक दिने शिविर र १६ वटा सर्जिकल शिविर सञ्चालन गरेको थियो।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सो अस्पतालले गत आवमा पाँच हजार ६९६ को आँखाको शल्यक्रिया गरेको छ। अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार हरेक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएको छ। आव २०७३\०७४ मा एक लाख ३४ हजार ९७९ जना आँखाका बिरामीको परीक्षण गरेको थियो।

अस्पतालले मुख्य अस्पतालसहित भरतपुर हाइटमा बहिरङ्ग विभाग र नौ वटा आँखा उपचार केन्द्रमार्फत सेवा दिइरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन