स्वास्थ्यकर्मी सरुवा विवादित बन्दै
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले दुई दिन अघि गरेको कर्मचारी सरुवा विवादित बनेको छ ।
केन्द्रले गरेको सरुवा प्रदेश सरकारले अस्वीकार गर्न थालेका छन्। स्थानीय स्तरमा के समस्या छ भन्ने नबुझेर सरुवा गरेको भन्दै प्रदेश ७ बाट कसैलाई पनि सरुवाको रमाना दिन नसक्ने भन्दै विभागलाई पत्र पठाइएको छ ।
प्रदेश ७ का स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले मन्त्रालयले भने बमोजिम काम गर्न नसकिने भन्दै रमाना दिन नसकिने बताए । स्वास्थ्य सेवा विभागले चौथो, पाँचौं र छैठौं तहका विभागबाट मात्रै सोह्र सय बीस जना स्वास्थ्यकर्मीको सरुवा गरेको थियो ।
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण