स्वास्थ्यकर्मी सरुवा विवादित बन्दै
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले दुई दिन अघि गरेको कर्मचारी सरुवा विवादित बनेको छ ।
केन्द्रले गरेको सरुवा प्रदेश सरकारले अस्वीकार गर्न थालेका छन्। स्थानीय स्तरमा के समस्या छ भन्ने नबुझेर सरुवा गरेको भन्दै प्रदेश ७ बाट कसैलाई पनि सरुवाको रमाना दिन नसक्ने भन्दै विभागलाई पत्र पठाइएको छ ।
प्रदेश ७ का स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले मन्त्रालयले भने बमोजिम काम गर्न नसकिने भन्दै रमाना दिन नसकिने बताए । स्वास्थ्य सेवा विभागले चौथो, पाँचौं र छैठौं तहका विभागबाट मात्रै सोह्र सय बीस जना स्वास्थ्यकर्मीको सरुवा गरेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण