‘शुरुमै उपचार भए निको हुन्छ क्यान्सर’
काठमाडौं : नेपालमा धेरैजसो क्यान्सररोगी जनचेतना अभाव र पर्याप्त स्वास्थ्य सुविधाको अभावले अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने गरेका छन्।
क्यान्सर काउन्सिल नेपालद्वारा सूर्तीजन्य पदार्थको रोकथामबारेमा मंगलबार सञ्चालित अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रममा सरोकारवालाहरूले क्यान्सर रोगी समयमा नै उपचार नपाएर मर्ने गरेको बताएका हुन्।
काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थकै कारण अर्बुदरोग, मुटुरोग, दमलगायत विभिन्न किसिमका रोगबाट हजारौंँ मानिस प्रभावित भएको बताउँदै सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके हजारौँ मानिसलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सकिने स्पष्ट पारे।
नयाँ पुस्तालाई सूर्तीजन्य पदार्थबाट जोगाउनका लागि विद्यालयस्तरबाटै संस्थाले त्यसविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक भन्दै उनले यसबारे अभिभावकले किशोरकिशोरीलाई सम्झाउनुपर्ने बताए।
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान