Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दुर्गम गाउँमा पुग्याे एम्बुलेन्स

दुर्गम गाउँमा पुग्याे एम्बुलेन्स

पाल्पा : विकट मानिने रैनादेवी छहरा गाउँपालिकाको जुठापौवा गाविसमा एम्बुलेन्सको पहुँच पुगेको छ। गाउँपालिकाले जुठापौवा स्वास्थ्य चौकीलाई एम्बुलेन्स अनुदानमा उपलब्ध गराएको हो।

गाउँपालिकाको करीब ११ लाख लगानी र नेपाल सरकारको तर्फबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पराजुलीले बताए। उनका अनुसार करिब ३० लाख पर्ने एम्बुलेन्स खरिदको लागि गाउँपालिकाले बिमासहित करिब ११ लाख रूपैयाँ लगानी गरेको छ। बाँकी भन्सार छुट भएको हाे।

टाटा कम्पनीको बोलेरो एम्बुलेन्स खरिदका क्रममा २४० प्रतिशत भन्सार छुट भएको छ। जुठापौवा स्वास्थ्य चौकीलाई सम्पूर्ण अधिकारसहित हस्तान्तरण गरिएको छ। यो एम्बुलेन्सबाट गाउँपालिका अन्तर्गत तीनवटा वडाका बासिन्दाले सेवा लिन पाउनेछन्।

गाउँपालिकाअन्तर्गत वडा नम्बर ६ जुठापौवा, ७ वल्ढेङगढी र ८ सत्यवतीका सर्वसाधारणलाई यो एम्बुलेन्सले ठूलो राहत हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन