स्वास्थ्य स्वयंसेविका मृत फेला
बैतडी : एक स्वास्थ्य स्वयंसेविका मृत फेला परेकी छिन्। सिगास गाउँपालिका २ कोटिलाका ३५ वर्षीया चन्द्रा धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।
बुधबार बिहान स्थानीय जंगलमा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोली घटनास्थलतर्फ गएकाले त्यसपश्चात् थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
घटनास्थल सदरमुकामवाट एक दिनको दूरीमा पर्छ। मृतक धामी गाँजरी स्वास्थ्य चौकीमा कार्यरत थिइन्।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री