स्वास्थ्य स्वयंसेविका मृत फेला
बैतडी : एक स्वास्थ्य स्वयंसेविका मृत फेला परेकी छिन्। सिगास गाउँपालिका २ कोटिलाका ३५ वर्षीया चन्द्रा धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।
बुधबार बिहान स्थानीय जंगलमा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोली घटनास्थलतर्फ गएकाले त्यसपश्चात् थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
घटनास्थल सदरमुकामवाट एक दिनको दूरीमा पर्छ। मृतक धामी गाँजरी स्वास्थ्य चौकीमा कार्यरत थिइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?