Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तलब सुविधा नपाएकाे विराेधमा स्वास्थ्यकर्मीकाे अान्दाेलन

तलब सुविधा नपाएकाे विराेधमा स्वास्थ्यकर्मीकाे अान्दाेलन

महोत्तरी : सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मंगलबारदेखि तालाबन्दी गरेका छन्।

पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता हुँदै आएको थियो। गाउँपालिकाले उक्त सम्झौता कार्यान्वयन नगरेपछि स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन्।

स्वास्थ्यकर्मीले आ–आफ्ना स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको आन्दोलन समितिका संयोजक राघवेन्द्रप्रसाद यादवले बताए।

स्वास्थ्यकर्मीले यही भदौ १ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनी दिएपछि गाउँपालिकाले यही भदौ १५ गते भित्र तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयन नभएपछि उनीहरूले गाउँपालिकामा तालाबन्दीसँगै धर्ना दिँदै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन