सर्पदंश उपचार केन्द्र माग
झापा : कचनकवल गाउँपालिकामा विद्यार्थीले सर्पदंश उपचार केन्द्र माग गरेका छन्। सर्पदंशका कारण बर्सेनि धेरैले ज्यान गुमाउन थालेको भन्दै उनीहरूले उपचार केन्द्रको माग गरेका हुन्।
सोमबार यहाँका ६ विद्यालयका सात सय विद्यार्थीले उपचार केन्द्रको माग गर्दै गाउँपालिकाका अध्यक्ष अञ्जार आलमलाई ज्ञापनपत्र बुझाएका छन्। सर्पदंशबाट दुई महिनायता तीन बालबालिकाले ज्यान गुमाएका छन्।
गाउँपालिकाका अध्यक्ष आलमले उपचार केन्द्रका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको बताए। चाँडै सर्पदंश उपचार केन्द्र स्थापना हुने उनले जानकारी दिए। जिल्लामा चारआली, सुरुंगा र दमकमा मात्र सर्पदंश उपचार केन्द्र छ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?