जिल्ला अस्पातालमा छैनन् प्रसूति चिकित्सक
संखुवासभा : सदरमुकाम खाँदबारीस्थित जिल्ला अस्पतालका प्रसूति चिकित्सक बिदामा बसेपछि सेवा एक सातादेखि प्रभावित छ।
चिकित्सक नभएपछि प्रसूति सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन्। सुरक्षित मातृत्व सेवाका लागि ‘निक साइमन’ नामक संस्थाले उपलब्ध गराएका चिकित्सक शैलिका श्रेष्ठ बिदामा बसेको केही दिनमा नै अर्का कर्मचारी युवराज बस्नेतलाई पनि कार्यालयले बिदा दिएपछि अस्पतालमा प्रसूति सेवा ठप्प भएको हो।
श्रेष्ठलाई भदौ १५ गते हाजिर हुने गरी बिदा दिइएको भए पनि २१ गतेसम्म बिदा थपेर बसेकाले प्रसूति सेवा अवरुद्ध भएको अस्पतालका निमित्त प्रमुख लक्ष्मण खड्काले बताए। जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले श्रेष्ठ १५ गते नै आइपुग्ने गरी बिदामा गएकीले अर्का चिकित्सकलाई बिदा दिएको जानकारी दिए।
जिल्लामा प्रसूति सेवा उपलब्ध नभएपछि सेवाग्राहीलाई सुनसरीकोधरान जानुपर्ने बाध्यता छ। धरानसम्म पुग्न कच्ची सडकका साथै घण्टौंसम्म लाग्ने भएकाले समस्या महिलाहरू मारमा परेका छन्। यो अस्पतालमा प्रसूति गराउन छिमेकी जिल्ला भोजपुरका उत्तरी पूर्वी भेगका सेवाग्राही समेत आउँछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?