इन्सेकले साेध्याे, ‘लापरवाही गरे पनि दण्ड भाेग्नु नपर्ने कस्ताे कानुन चाहेकाे?’
काठमाडौ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्वास्थ्याेपचार पाउने नागरिकको अधिकारको रक्षा गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ।
इन्सेकले साेमबार प्रेस विज्ञप्ति जारी गरी अाइतबारदेखि आकस्मि बाहेकका ल्याब, रेडियोलोजी, प्रशासन गरी सबै ठप्प पारी नेपाल चिकित्सक संघ विरोधमा उत्रिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अध्यक्ष सुवोधराज प्याकुरेलले आन्दोलनबाट देशभरका बिरामी उपचार सेवाबाट बञ्चित भएकोमा चिन्ता व्यक्त गर्दै ‘लापरवाही गरेको प्रमाणित भएपछि पनि दण्डित हुनु नपर्ने कस्ताे कानुन चाहेकाे’ भनी प्रश्न गरे।
प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक सेवा सञ्चालन ऐनमा स्वास्थ्य सेवा बन्द गर्न नपाइने व्यवस्था भएको र स्वास्थ्य सेवा बन्द गर्ने जस्तो अमानवीय कार्य नेपालको संविधान र कानूनको ठाडो उल्लङ्घन हुने उल्लेख छ।’





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?