कालिकोटमा तीन महिनामा १६ हजारले गराए स्वास्थ्य बिमा
कालिकोट : स्वास्थ्य बिमा शुरु भएको तीन महिनामा कालिकोटमा १६ हजार सहभागी भएका छन्। जिल्लामा बिमा कार्यक्रम गत जेठ ११ देखि लागु भएको हो।
गरिबी, भौगोलिक कठिनाइ, नागरिकको चेतनास्तरलगायत चुनौतीका बिच पनि बिमा कार्यक्रम प्रभावकारी भएको कालिकोट जिल्ला स्वास्थ्य बिमा दर्ता अधिकारी ललित जोशीले बताए। ‘जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका विभिन्न वडामा गएर दर्ता सहयोगीहरूले स्वास्थ्य बिमा गरिरहेका छन्,’ उनले भने।
जोशीका अनुसार बिमा गराएकामध्ये ८०० जनाभन्दा बढीले उपचार सेवा लिइसकेका छन्। भौगोलिक विकटता र सबै ठाउँमा स्वास्थ्य क्षेत्रको सहज पहुँच नहुँदा स्वास्थ्य बिमा गर्नेले सेवा लिन समस्या रहेको स्थानीय बासिन्दाकाे गुनासाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?