‘किन कानुन मिच्न चाहन्छन् चिकित्सक?’
काठमाडौं : सांसद तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले मुलुकको कानुन मिच्न उद्यत रहेको भन्दै स्वास्थ्यकर्मीहरूको आलोचना गरेका छन्।
आइतवार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै सांसद अधिकारीले ऐनको विषयमा चिकित्सकले गरेको आन्दोलनले हजारौँ बिरामी मारमा पर्ने भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरे।
‘कानुन मिच्न किन उद्यत बनाइँदै छ’, उनले प्रश्न गरे, ‘किन हजारौँको मृत्युको कारण बन्दै छन् स्वास्थ्यकर्मीहरू?’
उनले स्वास्थ्य मन्त्रालयले आफ्ना खाली रहेका १२ औँ तहका पदपूर्ति गर्न पहल नगरेको भन्दै अालाेचना गरे। सांसदअधिकारीले हडतालका आयोजकहरूलाई स्वस्थ्य मन्त्रालयको तालाचाबी दिइएको टिप्पणी गरे।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’