स्वास्थ्य संस्थामा अाज प्रशासनिक काम बन्द
काठमाडौं : मुलुकी अपराध (संहिता) मा चिकित्सक तथा स्वास्थ्यकर्मीसम्बन्धी व्यवस्था खारेजीको माग गर्दै आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरूले आज देशभरका स्वास्थ्य संस्थाको प्रशासनिक काम बन्द गरेका छन्।
नेपाल चिकित्सक संघको आह्वानमा अाइतबारदेखि आन्दोलनमा रहेका चिकित्सकहरूले साेमबार स्वास्थ्यसंस्थामा प्रशासनिक काम ठप्प पारेका हुन्। अस्पतालहरूमा बिरामी भर्ना लिनेलगायतका प्रशासनिक काम बन्द छ।
यसैगरी संघले मंगलबार बिरामीको शल्यक्रिया नगर्ने र बुधबार ल्याब टेस्ट नगर्नेलगायत साताव्यापी कार्यक्रम राखेकाे छ।
संघले ऐनको दफामा रहेको परिच्छेद १९ मा रहेको इलाजसम्बन्धी कसूर सम्बन्धमा आपत्ति जनाउँदै संशोधनको माग गरेको छ। एेन संशाेधन नभएसम्म अान्दाेलन जारी रहने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जनाए।
यसअघि अाइतबार चिकित्सकहरू माइतीघर मण्डलाबाट र्याली निकालेर बानेश्वरमा सभा गरेका थिए। अाइतबार नै उनीहरूले अा–अाफ्नाे चिकित्सा प्रमाणपत्र (लाइसेन्स)समेत मेडिकल काउन्सिललाई बुझाएका थिए।
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड