१९ अस्पताल केन्द्रबाट अब प्रदेशकाे मातहतमा
बुटवल : केन्द्र मातहतमा रहेका प्रदेश ५ का १९ अस्पताल प्रदेश सरकार मातहतमा आएका छन्। तीन अञ्चल अस्पताल, ११ जिल्ला अस्पताल, एक अस्पताल र चार आयुर्वेद अस्पताल प्रदेशमातहत अाएका हुन्।
आफ्नो मातहत आएका अस्पतालमा प्रदेशले नयाँ व्यवस्थापन प्रक्रिया थालेको छ। लुम्बिनी अस्पतालसहित धेरै जिल्ला अस्पतालमा नयाँ तदर्थ समिति बनेका छन् । साबिक अवस्थामा सञ्चालन भएका अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ व्यवस्थापन प्रक्रिया थालेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए।
प्रदेशमा बुटवलको लुम्बिनी, दाङको राप्ती र बाँकेको भेरी गरी ३ वटा साबिक अञ्चल अस्पताल छन्। १२ जिल्लामध्ये पूर्वी रुकुमबाहेक अन्यमा जिल्ला अस्पताल छन्। ती ११ वटै जिल्ला अस्पताल प्रदेश मातहतमा आएका छन्।
यस्तै लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालसहितका चार आयुर्वेद अस्पताल पनि अब प्रदेशको खटनमा चल्नेछन्। अस्पतालको व्यवस्थापनको काम सामाजिक विकास मन्त्रालयले गर्नेछ। यसका लागि स्वास्थ्य महाशाखा र त्यसको मातहतमा स्वास्थ्य निर्देशनालय खोलिएको छ।
प्रदेश सरकारले पहिलो निर्देशनालयका रूपमा स्वास्थ्य निर्देशनालय खोलेको छ । त्यसमा संघीय सरकारले डा. विनोद गिरीलाई पठाएको छ। उनी ११ औं तहका हुन् । उनको मातहतमा निर्देशनालयमा ३७ कर्मचारी रहने व्यवस्था छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण