जिल्ला अस्पतालमा स्तनपान कक्ष
रोल्पा : जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ। शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पुर्याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ।
जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको जिल्ला अस्पताल रोल्पाका वरिष्ठ स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले जानकारी दिए।
सुरक्षित मातृत्व सेवाअन्तर्गत अस्पतालले सो कार्यको थालनी गरेको हो। यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राही स्तनपान कक्ष नहुँदा समस्यामा पर्दै आएका थिए।
सबै स्वास्थ्य केन्द्रमा स्तनपान कक्ष स्थापना गर्नुपर्ने प्रावधान रहे पनि अधिकांश स्वास्थ्य संस्था स्तनपान कक्षबिहीन रहेको पाइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?