भाइरल संक्रमणले बालबालिका प्रभावित
सिन्धुली : दुई सातादेखि देखिएको मौसमी भाइरल संक्रमणले बालबालिका प्रभावित भएका छन्। अहिलेसम्म तीन बालबालिकाको मृत्यु भइसकेको छ।
उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याउँदै गर्दा बाटौमै उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ। एम्बुलेन्समा राखेर उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले बताइन्। उनका अनुसार मृत्यु हुने बालबालिका कमलाखोंच र मरिण क्षेत्रका हुन्।
पछिल्लो दुई सातायता ५६२ बालबालिकाहरूमा श्वासप्रश्वाससम्बन्धी भाइरल संक्रमण देखिएको छ। विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा यस्तो संक्रमण देखिएको छ।
संक्रमणमा परेका बालबालिकामा रुघाखोकी, ज्वरो, छातीमा इन्फेक्सन तथा घाँटीमा समस्या देखिने गरेको छ। मौसममा परिवर्तन आउन थालेपछि यस्तो रोगको संक्रमण फैलिएको चिकित्सकले जनाएका छन्।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?