भाइरल ज्वरो र टाइफाइडका बिरामी बढे
बैतडी : लगातारको वर्षाका कारण जिल्लाका स्वास्थ्यसंस्थामा बिरामीको संख्या बढेको छ। वर्षातको समयमा खानपिनमा ध्यान नदिँदा बढी बिरामी पर्ने गरेको चिकित्सकहरू बताउँछन्।
जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानी समेत अभाव भएका कारणले बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
आजभोलि दैनिक ७० भन्दा बढी बिरामी अस्पतालमा आउने गरेका जिल्ला अस्पतालले बताएको छ। जिल्ला अस्पतालमा मात्रै नभई अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढेका छन्।
अस्पतालमा उपचारका लागि आउनेमध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले जानकारी दिए। ‘भाइरल ज्वरो, टाइफाइड, झाडापखालाका बिरामी बढेका छन्’, उनले भने।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?