छालाका बिरामी बढे
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकीमा छालाका बिरामीको सङ्ख्या बढेकाे छ। दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने बिरामीमध्ये ४५ प्रतिशत भन्दा बढीमा छालाको समस्या देखा परेको हो।
नगरपालिका क्षेत्रभित्रका पिताम्बर, झलारी, पिपलाडी स्वास्थ्य चौकी र बन्साहा शहरी स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि ३०० भन्दा बढी बिरामी पुग्ने गरेका छन्। अधिकांश बिरामीमा छाला चिलाउने, दाद, एलर्जी र फोकाफुन्सीलगायत समस्या देखा परेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख तीर्थराज भट्टले जानकारी दिए।
भट्टका अनुसार चारवटै स्वास्थ्य संस्थामा गरी दुई महिनाको अवधिमा दुई हजार ६०० भन्दा बढी छालाका बिरामीको उपचार गरिएको छ।
व्यक्तिगत सरसफाइको कमी, घाँसपात काट्दा विषालु किरा छुँदा, धुलो माटोको कारण, बढ्दो गर्मी, बजार क्षेत्रमा विषादीको प्रयोग गरी पकाइएका फलफूलको प्रयोगका कारण छालाको समस्या बढेकाे स्वास्थ्यकर्मीले बताए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य