चिकित्सक संघद्वारा चिकित्सा शिक्षा विधेयकको स्वागत
काठमाडौं : नेपाल चिकित्सक संघले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकको स्वागत गरेको छ।
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहिबार विधेयकमाथिको छलफलमा भाग लिँदै संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरेका हुन्।
अस्पतालहरूमा राजनीतिक नियुक्ति गर्ने परिपाटी अन्त्य गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गर्न अध्यक्ष श्रेष्ठले समितिलाई सुझाव दिए। उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन पनि समितिसँग आग्रह गरे।
‘अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण सरकारी अस्पतालहरूको अवस्था नाजुक बनेको हो’, उनले भने।
बैठकमा समितिका सदस्यहरुले चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक नगर्न सचेत गराए। समितिका सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न सुझाव दिए।
समितिका अर्का सदस्य योगेश भट्टराईले काठमाडौं उपत्यकामा चिकित्सकहरुले अस्पतालको स्थापना हुन नदिन निषेधको नीति लिएको दाबी गर्दै असन्तुष्टि जनाए।
‘संवैधानिक व्यवस्था अनुसार नागरिकले चाहेको ठाउँमा अस्पताल खोल्ने पाउने अधिकारलाई चिकित्सकहर”ले अवरोध गर्न हुँदैन’, उनले भने।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’