‘डाक्टर साहेब भन्नुहुन्छ…’काे दाेस्राे संस्करण बजारमा
काठमाडाैं : पञ्चायतकालकाे चर्चित पत्रिका नेपाल टाइम्स दैनिक २०४८ ताका नयाँ साजसज्जासहित बजारमा अायाे। त्यसमा एउटा स्तम्भ थियो, ‘डाक्टर साहेब भन्नुहुन्छ…’। त्यो स्तम्भ लेख्थे सम्पादक चन्द्रलाल झाका छोरा सुनिल चन्द्रले, जो सुरुमा पत्रकार थिए पछि चिकित्सक पेशामा लागे। मुटुरोगमा विशेषज्ञता हासिल गरे।
तिनै मुटुरोग विशेषज्ञ प्रा.डा. सुनिल चन्द्र झाले १० वर्षअघि अाफूसहित विभिन्न विशेषज्ञहरूकाे लेख संकलन गरी डाक्टर साहेब भन्नुहुन्छ…शीर्षकमा पुस्तक प्रकाशन गरेका थिए। त्यही पुस्तक परिष्कार गरी झाले अहिले दोस्रो संस्करण बजारमा ल्याएका छन्।
डाक्टर साहेब भन्नुहुन्छ… स्वास्थ्यसम्बन्धी लेखहरूको सँगालो हो जहाँ विभिन्न रोगहरूको जानकारीका साथै बच्ने र रोकथामका उपाय र उपचार विधिहरू बताइएका छन्। पुस्तकमा विभिन्न रोगका विशेषज्ञहरूले विविध रोगका विषयमा चर्चा गरेका छन्।
पुस्तकमा मुटुराेगका साथै मधुमेह र याैन स्वास्थ्यका विषयमा सम्पादक झाले लेखेका लेख छन्। डा. डीबी कार्की, रत्नमणि गजुरेल, डा. तिलकनाथ भट्टराई, डा. बलराम श्रेष्ठ र डा.नानीशोभा शाक्यले मुटुरोगका विविध पक्षबारे लेखेका छन्।
यस्तै डा. प्रेमसिंह खड्का र डा. योगेन्द्रप्रसाद सिंहले क्यान्सरको विषयमा कलम चलाएका छन्। यस्तै गर्भवती महिलाको विषयमा डा. बलराम श्रेष्ठ र प्राकृतिक चिकित्सा योग र स्वस्थ रक्तप्रणाली विषयमा डा. क्षितिज बराकोटीले लेखेका छन्।
दाँत र गिजाको विषयमा डा. वसन्तकुमार श्रेष्ठ र डा. बीना कंसाकारले लेखेका छन्। यस्तै डा. करवीरनाथ योगी, डा हेमराज कोइराला, डा.दिव्या सिंह, रचना मास्के ज्ञानु गुरुङ, डा. विक्रमप्रसाद गजुरेल, डा.प्रकाश पौडेल, डा.मोहनराज शर्मा, डा. सरोजप्रसाद ओझा, डा आशुतोष झा, डा. राहुल पाठक, डा. रामछाया मान अमात्य र डा विमलकुमार सिन्हाले आफ्नो विषेशज्ञताका विषयमा कलम चलाएका छन्।
प्रा.डा.झा आफैँ प्रकाशक रहेको पुस्तकको मूल्य ४०० रुपैयाँ राखिएको छ। एउटै पुस्तकबाट विविध रोग र तिनको उपचार पद्धतिबारे जानकारी लिन पुस्तक उपयोगी छ।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य