संसदीय समिति पुगेर डा. केसीले राखे अाफ्ना भनाइ
काठमाडौं : संसदीय शिक्षा तथा स्वास्थ्य समितिमा डा.गोविन्द केसीले आफ्ना कुरा राखेर बाहिरिएका छन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गर्न बुधबार डा.केसीलाई समितिले बोलाएको हाे।
दोहोरो छलफलमा बस्न अस्वीकार गर्दै उनी अाफ्नाे भनाइ लिखित रूपमा राखेर बाहिरिएका हुन्। ‘माफ गर्नुहोला, सअघि नै सम्झौता भइसकेको छ’, उनले समितिका सदस्यहरूलाई भने, ‘त्यसैले म छलफलमा बस्दिनँ।’
छलफलअघि उनले सरकारसँग भएको सहमतिको एक–एक प्रति समितिका सदस्यहरूलाई बाँडेका थिए। केसी बाहिरिएपछि समितिकाे बैठक स्थगन भएकाे गरिएकाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?