नेपाल चिकित्सक संघ भदाै १६ देखि अान्दाेलनमा जाने
संघले सरकारलार्इ दिएकाे अल्टिमेटम दुर्इ दिन बाँकी
काठमाडौं : आफूले राखेको मागप्रति सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले यही भदौ १६ गतेदेखि आन्दोलन गर्ने भएको छ। संघले सरकारलाई दिएको समय तीन दिन बाँकी रहँदा मंगलबार प्रेस विज्ञप्ति जारी गरी संघले देशैभरि कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे हाे।
भदौ १ गतेदेखि लागु भएकाे मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्न उन्मुख भएको भन्दै संघले संशोधन गर्न माग गर्दै आएको छ। विद्यमान अवस्थामा स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने संघकाे भनाइ छ।
‘यस्तो प्रकारको विवादास्पद कानुनले देशभरका स्वास्थ्यकर्मीलाई सेवामा समर्पित हुने उत्साह र उमंगलाई बन्द गरिदिएको छ’, विज्ञप्तिमा भनएिको छ, ‘यसले गरिब, निमुखा र सर्वसाधारण नागरिकहरूलाई प्रत्यक्ष असर पर्ने भएको हुनाले त्यस्ता नागरिकको स्वास्थ्थ्य अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले उक्त ऐन संशोधन गर्नेछ भन्ने संघको विश्वास छ।’
यसअघि भदौ १ देखि नै आन्दोलन गर्ने भनेको संघले ऐन सच्याउन १५ दिनको अल्टिमेटम दिँदै विरोधका पूर्वघोषित कार्यक्रम स्थगन गरेको थियो। सो दिन संघले ‘लाइसेन्स’ र ‘एप्रोन’ सरकारलाई बुझाउने घोषणा गरेको थियो।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै