नर्सको लापरवाहीले एकको मृत्यु, २५ जना गम्भीर
नर्सले सिरिन्जको प्रयोगमा लापरवाही गर्दा भारतको मध्यप्रदेश अन्तर्गत दातीया जिल्लास्थित एक अस्पतालमा एक जनाको मृत्यु भएको छ। २५ जनाको अवस्था गम्भीर छ।
अस्पतालका चिकित्सक तथा सिभिल सर्जन पीके शर्माले सिरिन्जको प्रयोगमा नर्सबाट भएको लापरबाहीका कारण उक्त घटना घटेको समाचार संस्था एएनआईलाई जानकारी दिएका छन्।
सबै बिरामीलाई एउटै सिरिन्जमार्फत औषधी दिइएको र सिरिन्ज सफा गर्न पनि ‘डिस्टिल वाटर’को सट्टामा सामान्य पानीको प्रयोग गरेको आरोप नर्सहरूलाई लागेको छ।
प्रहरीले याे विषयमा छानविनका लागि समिति गठन गरी अनुसन्धान थालेको छ।
एजेन्सी





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?