पहाडी जिल्लामा औलोको उच्च जोखिम
बैतडी : पछिल्लो समय जिल्लामा औलोको उच्च जोखिम रहेको पाइएको छ। तीन वर्षयता औलोका बिरामी बढेकाे जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए।
जिल्लाको तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा छन्। सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका हुन्।
गत वर्ष ३३ तथा यस वर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको पाण्डेयले जानकारी दिए। विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो पाइने गरेको हो ।
तल्लो स्वराडमा औलोका कारण गर्भवती महिला तथा बालबालिका बढी जोखिममा छन्। त्यहाँ स्थानीयवासीलाई निःशुल्क झुल वितरण गरिएको छ। प्रभावित क्षेत्रमा किटनाशक औषधि छर्किएको छ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड