प्रदेश ७ मा स्वास्थ्य बिमा गराउने एक लाख नाघे
बैतडी : २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा प्रदेशभर हालसम्म एक लाखभन्दा बढी आबद्ध भएका छन्।
प्रदेश ७ मा कैलाली, बैतडी, बझाङ, अछाम र बाजुरा गरी पाँच जिल्लामा यो कार्यक्रम लागू भएको छ। सबैभन्दा बढी कैलालीमा ७७ हजार १३१ जनाले बिमा गरेका छन्। अछाममा आठ हजार ७९८,बाजुरा ९ हजार २८०, बैतडीमा ६ हजार ९७ र बझाङमा आठ हजार २९ जना स्वास्थ्य बिमामा आबद्ध छन्।
स्वास्थ्य बिमावाट प्रदेश ७ मा दुर्इ करोड रुपैयाँ योगदान रकम संकलन भएको स्वास्थ्य बिमा बोर्ड, प्रदेश ७ का संयोजक जनक साउदले जानकारी दिए। स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै भौगोलिक कठिनाइ, गरीबी, नागरिकको चेतनास्तर लगायत चुनौतीबीच पनि बिमा कार्यक्रममा आकर्षण देखिएको संयोजक साउदले बताए।
स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने र गुणस्तरीय सेवा पाइने भएकाले यसप्रतिकाे आकर्षण बढ्दै गएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण